सानिमा हाइड्रोपावरद्वारा नारी दिवसको अवसरमा महिला कर्मचारीलाई सम्मान



ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना महिला कर्मचारीलाई सम्मान गरेको छ।

शुक्रबार ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ताप्लेजुङस्थित निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत महिला कर्मचारीलाई हाइड्रोपावर लिमिटेडले सम्मान गरेको हो।

मध्य–तमोर जलविद्युत आयोजनाका व्यवस्था, स्वास्थ्य तथा सुरक्षा अधिकृत फुर्वा शेर्पाका अनुसार विभिन्न फाँटमा कार्यरत महिला कर्मचारीलाई सम्मान गरिएको हो। आयोजनाका प्रमुख डा।मणिराज पोख्रेलले उपहार प्रदान गर्दै महिला कर्मचारीलाई सम्मान गर्नुभएको शेर्पाले जानकारी दिनुभयो।

महिला कर्मचारीलाई सम्मान गर्नु हुँदै आयोजना प्रमुख डा. पोख्रेलले उहाँहरूको जिम्मेवारी र भूमिकाको प्रशंसा पनि गर्नुभएको छ। महिला कर्मचारीले बहन गर्दै आएको कामको प्रशंसा गर्दै उहाँहरूलाई डा. पोख्रेलले थप हौसलासमेत दिनुभएको शेर्पाले बताउनुभयो।

कार्यक्रममा आयोजनाको प्रशासन, इन्जिनियरिङ विभाग, वातावरण विभाग, स्वास्थ्य सुरक्षा विभाग लगायतमा आबद्ध कर्मचारी तथा जनशक्तिको सहभागिता रहेको थियो।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हालसम्म आयोजनाको ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ। gorkhapatraonline.com

प्रकाशित मिति : 12:37 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा