फुङ्लिङमा आजबाट सुरु भयो उपमेयर कप महिला फुटबल प्रतियोगिता 



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन आज भएको हो । 

कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन खेलमा आयोजक फुङ्लिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई पराजित गरेको छ । फुङ्लिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई १-० अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा भोलि बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबीच हुनेछ । 

भोलि नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौथो खेल आठराई त्रिवेणी र सिरिजङ्घा गाउँपालिकाबिच हुने भएको छ । सेमिफाइनल चरणका खेलहरू आइतबार हुने आयोजकले जानकारी दिएको छ । फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुनेछ । खेल भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ । 

जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला बाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहने भएको छ । प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् । 

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपियाँ प्रोत्साहन रकम पाउने खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 1:57 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा