ताप्लेजुङको खोक्लिङमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न 



ताप्लेजुङ । ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा दुई दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । ग्रामीण महिला आमा समुहको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । 

महिलाहरूको नेतृत्व विकासका तालिम आयोजना गरिएको ग्रामीण महिला आमा समुहकी सचिव सुनमाया लिम्बुले बताउनुभयो । तालिमको सहजीकरण रेडियो काबेलीको समाचार प्रमुख एलिना दियालीले गर्नु भएको थियो ।

नारी दिवसकै अवसरमा शुक्रबार (आज)  ग्रामीण महिला आमा समुहले विभिन्न कार्यक्रम गरि दिवस मनाएको छ ।  दिवसको अवसरमा भएको  वक्तृत्वकला प्रतियोगितामा सरस्वता अधिकारी प्रथम, सुजता कार्की द्वितीय र सृजना लिम्बू तृतीय हुनुभएको छ  । 

त्यस्तै कविता प्रतियोगितामा नुमा लिम्बू प्रथम, दीक्षा खड्का द्वितीय र पार्वता अधिकारी तृतीय हुनु भएको छ  । म्युजिकल चियर प्रतियोगितामा सबिना अधिकारी प्रथम, प्रमिला खड्का द्वितीय र गोमा अधिकारी तृतीय हुनु भएको छ । 

कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, प्रमुख प्रशासकीय अधिकृत अर्जुन देब योङ्या, वडा नम्बर २ का अध्यक्ष झरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:44 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा