ताप्लेजुङको खोक्लिङमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न 



ताप्लेजुङ । ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा दुई दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । ग्रामीण महिला आमा समुहको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो । 

महिलाहरूको नेतृत्व विकासका तालिम आयोजना गरिएको ग्रामीण महिला आमा समुहकी सचिव सुनमाया लिम्बुले बताउनुभयो । तालिमको सहजीकरण रेडियो काबेलीको समाचार प्रमुख एलिना दियालीले गर्नु भएको थियो ।

नारी दिवसकै अवसरमा शुक्रबार (आज)  ग्रामीण महिला आमा समुहले विभिन्न कार्यक्रम गरि दिवस मनाएको छ ।  दिवसको अवसरमा भएको  वक्तृत्वकला प्रतियोगितामा सरस्वता अधिकारी प्रथम, सुजता कार्की द्वितीय र सृजना लिम्बू तृतीय हुनुभएको छ  । 

त्यस्तै कविता प्रतियोगितामा नुमा लिम्बू प्रथम, दीक्षा खड्का द्वितीय र पार्वता अधिकारी तृतीय हुनु भएको छ  । म्युजिकल चियर प्रतियोगितामा सबिना अधिकारी प्रथम, प्रमिला खड्का द्वितीय र गोमा अधिकारी तृतीय हुनु भएको छ । 

कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, प्रमुख प्रशासकीय अधिकृत अर्जुन देब योङ्या, वडा नम्बर २ का अध्यक्ष झरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:44 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी