मैवाखोला गाउँपालिकाका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणले पायो निरन्तरता



ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ज्येष्ठ तथा अपांग नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गरिँदै आएको छ । जेष्ठ तथा अपाङ्ग नागरिकको घर–घरमा पुगेर उहाँहरूको निरन्तर स्वास्थ्य परीक्षण गर्ने गरिएको हो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको निरन्तर स्वास्थ्य परीक्षण गरिँदै आएको छ । गाउँपालिकाभित्रका पूर्ण अर्थात ‘क’ र ‘ख’ वर्गका अपांग नागरिकसमेतको निरन्तर स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । प्रत्येक महिनामा एकपटक जेष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको योजनालाई कार्यान्वयनमा निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनादेखि ज्येष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको थियो । लक्षित वर्ग अर्थात जेष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य १६ महिनादेखि निरन्तर जारी रहेको वडा १ का वडाध्यक्षसमेत रहनुभएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो ।

प्रवक्ता तामाङका अनुसार फागुन महिनाका लागि अहिले प्रत्येक वडामा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ र अपांग नागरिकको स्वास्थ्य परीक्षण हुँदै आएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पालिकाका ६ वटै वडामा पुगेर लाभग्राहीलाई स्वास्थ्य परीक्षण सेवा प्रवाह गरिरहनुभएको उहाँले बताउनुभयो ।

ज्येष्ठ तथा अपांगको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण र उनीहरुलाई आवश्यक स्वास्थ्य परामर्शसमेत दिँदै आएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:03 pm

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार