मैवाखोला गाउँपालिकाका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणले पायो निरन्तरता



ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ज्येष्ठ तथा अपांग नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गरिँदै आएको छ । जेष्ठ तथा अपाङ्ग नागरिकको घर–घरमा पुगेर उहाँहरूको निरन्तर स्वास्थ्य परीक्षण गर्ने गरिएको हो ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको निरन्तर स्वास्थ्य परीक्षण गरिँदै आएको छ । गाउँपालिकाभित्रका पूर्ण अर्थात ‘क’ र ‘ख’ वर्गका अपांग नागरिकसमेतको निरन्तर स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । प्रत्येक महिनामा एकपटक जेष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको योजनालाई कार्यान्वयनमा निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनादेखि ज्येष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको थियो । लक्षित वर्ग अर्थात जेष्ठ तथा अपांग नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य १६ महिनादेखि निरन्तर जारी रहेको वडा १ का वडाध्यक्षसमेत रहनुभएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो ।

प्रवक्ता तामाङका अनुसार फागुन महिनाका लागि अहिले प्रत्येक वडामा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ र अपांग नागरिकको स्वास्थ्य परीक्षण हुँदै आएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पालिकाका ६ वटै वडामा पुगेर लाभग्राहीलाई स्वास्थ्य परीक्षण सेवा प्रवाह गरिरहनुभएको उहाँले बताउनुभयो ।

ज्येष्ठ तथा अपांगको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण र उनीहरुलाई आवश्यक स्वास्थ्य परामर्शसमेत दिँदै आएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १३:०३

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता