ताप्लेजुङका राजनीतिककर्मीद्धारा प्रधानमन्त्री प्रचण्डसमक्ष योजना तथा बजेट माग



ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई भेटेर ताप्लेजुङका स्थानीय राजनीतिक नेतृत्वको एक टोलीले आफ्नो जिल्लाको योजनामा बजेट व्यवस्था गरिदिन माग गरेको छ । जिल्लामा ओझेलमा परेका विभिन्न योजनाका लागि आवश्यक बजेट व्यवस्था गरिदिन सो टोलीले प्रधानमन्त्री दाहालसमक्ष माग गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्रीको नेतृत्वमा गएको टोलीले ताप्लेजुङका थुप्रै योजनाहरु ओझेलमा परेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बजेट व्यवस्था गरिदिन माग गरेको हो । प्रधानमन्त्री दाहाललाई विभिन्न योजनाको विवरण बुझाउँदै बजेट विनियोजन गरिदिन आग्रह गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य बुडाक्षेत्रीले जानकारी दिनुभयो ।

पर्यटन, जलस्रोत लगायतका दृष्टिकोणले पर्याप्त सम्भावना बोकेको जिल्ला भएर पनि आवश्यक बजेट र योजना नहुँदा ताप्लेजुङ ओझेलमा अर्थात पछि परेको विषय प्रधानमन्त्रीलाई अवगत गराएको उहाँले बताउनुभयो छ । उहाँकाअनुसार सडक, सिँचाइ, खानेपानी, पर्यटनजस्ता विभिन्न योजनाका बजेट व्यवस्था गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट गर्न बुडाक्षेत्रीसहित माओवादीका वैकल्पिक केन्द्रीय सदस्यद्वय विजयप्रकाश वनेम, पर्शुराम कार्की, प्रदेश समिति सदस्य सुरज ओझा लगायतको टोली मंगलबार गएको हो । भेटपछि प्रधानमन्त्री दाहालले सम्भव हुनेसम्म सम्बोधन गर्ने वचन दिनुभएको प्रदेश समिति सदस्य ओझाले जानकारी दिनुभयो ।
उज्यालो पोष्ट

प्रकाशित मिति : 11:29 am

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन