डाक्टर सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा निःशुल्क आँखा शिविर सुरु,भोलीबाट अप्रेशन हुने



रेडियो काबेली
ताप्लेजुङ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा बुधबार (आज) बाट निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आगामी १८ गते सम्म हुने निशुल्क आँखा शिविर आजबाट सुरु भएको हो ।

विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सुरु भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौँ, सेवा फाउण्डेशन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा आयोजित शिविरमा छनौट भएका मोतियाबिन्दूका बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिने क्लिनिक इन्चार्ज गुरुङले बताउनुभएको छ । मोतियाबिन्दुका बिरामीको छनौटका लागि ताप्लेजुङको दुईओटा स्थानीय तहमै छनौट शिविर समेत सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मैवाखोला गाउँपालिकाको १ नं.वडा कार्यालय ढुङ्गेसाँघुमा फागुन १३ र मिक्वाखोला गाउँपालिकाको २ नं. वडा कार्यालय खोक्लिङमा फागुन १४ गते छनौट शिविर सम्पन्न भएको छ । सो स्थानमा छनौट भएका ३७ जना मोतियाबिन्दुका बिरामीहरूको डाक्टर रुईतले भोलीबाट अप्रेसन गर्न सुरु गर्नुहुने नेपाल नेत्र ज्योती संघका उपसभापति खगेन्द्र अधिकारीले बताउनु भयो ।

परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई चश्मा तथा आवश्यकता अनुसार औषधी समेत निशुल्क उपलब्ध गराइने केन्द्रले जनाएको छ । बिरामीहरूको सेवाका लागि समय–समयमा केन्द्रले विभिन्न स्थानमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

आँखाका बिरामीहरूका लागि नेपाल नेत्र ज्योति संघले ताप्लेजुङको फुङलिङ, दोभान, पाँचथरको थर्पु र कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा दोभान आँखा उपचार केन्द्र, याङवरक गाउँपालिकाको सहयोगमा थर्पु आँखा उपचार केन्द्र, कुम्मायक गाउँपालिकाको सहयोगमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

साथै नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर रुइतलाई फुङलिङमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको नेपाल नेत्रज्योति संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । डाक्टर रुइत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो ।

प्रकाशित मिति : 11:20 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ