डाक्टर सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा निःशुल्क आँखा शिविर सुरु,भोलीबाट अप्रेशन हुने



रेडियो काबेली
ताप्लेजुङ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा बुधबार (आज) बाट निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आगामी १८ गते सम्म हुने निशुल्क आँखा शिविर आजबाट सुरु भएको हो ।

विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सुरु भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौँ, सेवा फाउण्डेशन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा आयोजित शिविरमा छनौट भएका मोतियाबिन्दूका बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिने क्लिनिक इन्चार्ज गुरुङले बताउनुभएको छ । मोतियाबिन्दुका बिरामीको छनौटका लागि ताप्लेजुङको दुईओटा स्थानीय तहमै छनौट शिविर समेत सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मैवाखोला गाउँपालिकाको १ नं.वडा कार्यालय ढुङ्गेसाँघुमा फागुन १३ र मिक्वाखोला गाउँपालिकाको २ नं. वडा कार्यालय खोक्लिङमा फागुन १४ गते छनौट शिविर सम्पन्न भएको छ । सो स्थानमा छनौट भएका ३७ जना मोतियाबिन्दुका बिरामीहरूको डाक्टर रुईतले भोलीबाट अप्रेसन गर्न सुरु गर्नुहुने नेपाल नेत्र ज्योती संघका उपसभापति खगेन्द्र अधिकारीले बताउनु भयो ।

परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई चश्मा तथा आवश्यकता अनुसार औषधी समेत निशुल्क उपलब्ध गराइने केन्द्रले जनाएको छ । बिरामीहरूको सेवाका लागि समय–समयमा केन्द्रले विभिन्न स्थानमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

आँखाका बिरामीहरूका लागि नेपाल नेत्र ज्योति संघले ताप्लेजुङको फुङलिङ, दोभान, पाँचथरको थर्पु र कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा दोभान आँखा उपचार केन्द्र, याङवरक गाउँपालिकाको सहयोगमा थर्पु आँखा उपचार केन्द्र, कुम्मायक गाउँपालिकाको सहयोगमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

साथै नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर रुइतलाई फुङलिङमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको नेपाल नेत्रज्योति संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । डाक्टर रुइत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ११:२०

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ