मिक्वाखोला गाउँपालिकाद्धारा विद्यालयहरुलाई ल्यापटप र प्रिन्टर सहित शैक्षिक सामाग्री वितरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । एक विद्यालय एक ल्यापटप प्रिन्टर कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत बजेटबाट पालिका भित्रका २९ वटै सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको पालिकाका शिक्षा प्राविधिक सहायक केशव शरण अधिकारीले बताउनुभयो ।
विद्यालयमा शैक्षिक क्रियाकलापमा सुचना तथा प्रविधि (आईसिटी) को प्रयोगलाई जोड दिनको लागि पालिकाले काम गरि रहेकोमा यसपटक एक ल्यापटप र प्रिन्टर वितरण गरिएको हो भने पालिकाले हस्तलिखित कागजको प्रयोगलाई निरुत्साहित गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नको लागिे शिक्षकहरुको क्षमता विकास सम्बन्धि तालिम समेत दिँदै आएको छ । ल्यापटप र प्रिन्टर वितरणले विद्यालयहरुको एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली अपडेट गर्न, विद्यालयको प्रसाशनिक कार्य सञ्चालन गर्न र परिक्षाको लागि आवश्यक प्रश्न पत्र लगायत अन्य छपाईको लागिपनि सहजता हुने अपेक्षा पालिकाले लिएको छ ।
त्यस्तै पालिकाले सिकाईलाई प्रभावकारी बनाउन र बालबालिकामा पठन संस्कारको विकास गर्नको लागी पालिकाका २९ वटै सामुदायिक विद्यालयमा थप सिकाई सामाग्री वितरण गरेको छ । विद्यालयमा बुक कर्नरको व्यवस्था समेत गर्ने पालिकाले जनाएको छ । थप सिकाई सामग्रीले विधार्थीमा सिकाईमा उत्प्रेरणा जगाउन सकिने विश्वास गाउँपालिकाले लिएको अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : 11:06 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी