मिक्वाखोला गाउँपालिकाद्धारा विद्यालयहरुलाई ल्यापटप र प्रिन्टर सहित शैक्षिक सामाग्री वितरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । एक विद्यालय एक ल्यापटप प्रिन्टर कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत बजेटबाट पालिका भित्रका २९ वटै सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको पालिकाका शिक्षा प्राविधिक सहायक केशव शरण अधिकारीले बताउनुभयो ।
विद्यालयमा शैक्षिक क्रियाकलापमा सुचना तथा प्रविधि (आईसिटी) को प्रयोगलाई जोड दिनको लागि पालिकाले काम गरि रहेकोमा यसपटक एक ल्यापटप र प्रिन्टर वितरण गरिएको हो भने पालिकाले हस्तलिखित कागजको प्रयोगलाई निरुत्साहित गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नको लागिे शिक्षकहरुको क्षमता विकास सम्बन्धि तालिम समेत दिँदै आएको छ । ल्यापटप र प्रिन्टर वितरणले विद्यालयहरुको एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली अपडेट गर्न, विद्यालयको प्रसाशनिक कार्य सञ्चालन गर्न र परिक्षाको लागि आवश्यक प्रश्न पत्र लगायत अन्य छपाईको लागिपनि सहजता हुने अपेक्षा पालिकाले लिएको छ ।
त्यस्तै पालिकाले सिकाईलाई प्रभावकारी बनाउन र बालबालिकामा पठन संस्कारको विकास गर्नको लागी पालिकाका २९ वटै सामुदायिक विद्यालयमा थप सिकाई सामाग्री वितरण गरेको छ । विद्यालयमा बुक कर्नरको व्यवस्था समेत गर्ने पालिकाले जनाएको छ । थप सिकाई सामग्रीले विधार्थीमा सिकाईमा उत्प्रेरणा जगाउन सकिने विश्वास गाउँपालिकाले लिएको अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ११:०६

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम