ताप्लेजुङमा २५ स्थायी शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन



ताप्लेजुङ । ताप्लेजुङमा पच्चीस जना स्थायी शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले शिक्षा विकास निर्देशनालय धनकुटाबाट सिफारिस भएर आएका निम्न माध्यमिक तहका शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी सिफारिस भएका शिक्षकलाई पदस्थापन गरिएको हो ।

ताप्लेजुङका लागि सिफारिस भएर आएका शिक्षक आफैँले रोजेको र योग्यता क्रमका आधारमा उहाँहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अङ्ग्रेजी, गणित, विज्ञान र गणितरविज्ञान विषयका २५ जना स्थायी शिक्षकलाई फुङ्लिङ नगरपालिकाबाहेक जिल्लाका अन्य आठ स्थानीय तहमा पदस्थापन गरिएको हो । पदस्थापन भएकामध्ये सबैभन्दा बढी गणितरविज्ञान विषयका आठजना शिक्षक रहनुभएको छ । यस्तै गणित विषका सात जना, विज्ञानका छ जना, सामाजिक र अङ्ग्रेजी विषयका दुई–दुई जना रहनुभएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिकामा पाँच–पाँच जना शिक्षकको पदस्थापन भएको छ । त्यस्तै आठराई त्रिवेणी गाउँपालिकामा चारजना, फक्ताङ्लुङ, सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकामा तीन–तीनजना तथा मिक्वाखोला र मैवाखोला गाउँपालिकामा एक–एकजना शिक्षकको पदस्थापन भएको छ ।

यता पदस्थापन भएका शिक्षकलाई शुक्रबार नियुक्तिपत्र प्रदान गरिने समन्वय इकाइले जनाएको छ । स्थानीय तहहरूमा शिक्षकलाई पदस्थापन गर्ने इकाइले बिहीबार (आज) निर्णय गरेको पनि इकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो ।gorkhapatraonline.com

प्रकाशित मिति : 12:02 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी