ताप्लेजुङ र पाँचथरको सिमानामा अवस्थित इन्द्रावती खोलाबाट उत्पादित इँवाखोलाको उत्पादन ठप्प



ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित इँवाखोला जलविद्युत आयोजनाको उत्पादन विगत आठ महिनादेखि ठप्प छ । गत वर्षातको समयमा भएको वर्षा र बाढी पहिरोले आयोजनामा क्षति गरेपछि उत्पादन ठप्प भएको हो ।

गत २ गते शनिबार भएको भीषण वर्षासँगै गएको बाढीपहिरोले ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजनामा क्षति गरेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्धनमा उत्पादित सो जलविद्युत आयोजनाको बाँध, पाइपलाइन र प्रसारण लाइन र विद्युतगृहमा बाढीपहिरोले क्षति गरेको छ । बाढी पहिरोले क्षति गरेको आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत उत्पादन ठप्प भएको छ ।

वर्षापछि आएको बाढीपहिरोले जलविद्युत आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा त्यसबेला ७० करोड रुपियाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इप्पान० का कार्यकारी सदस्यसमेत रहनुभएका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढी पहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युतगृह र अन्य संरचनामा क्षति गरेको थियो ।

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको कार्यकारी निर्देशक नेपालले जानकारी दिनुभयो । पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिनुभयो ।

आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्नेगरी हाल निर्माणको काम भइरहेको मिश्रले बताउनुभयो । उहाँकाअनुसार लामो समयसम्म उत्पादन सुचारु नहुँदा आयोजनाले नोक्सानी खेपिरहनु परेको छ ।

इँवाखोला जलविद्युत आयोजनानजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत उत्पादन भने सुचारु भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवर्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत आयोजनाको उत्पादन करिब एक महिना अघिदेखि सुरु भएको हो ।

इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत आयोजनालाई एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो ।gorkhapatraonline.com

प्रकाशित मिति : 1:35 pm

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान