ताप्लेजुङ र पाँचथरको सिमानामा अवस्थित इन्द्रावती खोलाबाट उत्पादित इँवाखोलाको उत्पादन ठप्प



ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाबाट उत्पादित इँवाखोला जलविद्युत आयोजनाको उत्पादन विगत आठ महिनादेखि ठप्प छ । गत वर्षातको समयमा भएको वर्षा र बाढी पहिरोले आयोजनामा क्षति गरेपछि उत्पादन ठप्प भएको हो ।

गत २ गते शनिबार भएको भीषण वर्षासँगै गएको बाढीपहिरोले ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजनामा क्षति गरेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्धनमा उत्पादित सो जलविद्युत आयोजनाको बाँध, पाइपलाइन र प्रसारण लाइन र विद्युतगृहमा बाढीपहिरोले क्षति गरेको छ । बाढी पहिरोले क्षति गरेको आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत उत्पादन ठप्प भएको छ ।

वर्षापछि आएको बाढीपहिरोले जलविद्युत आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा त्यसबेला ७० करोड रुपियाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इप्पान० का कार्यकारी सदस्यसमेत रहनुभएका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढी पहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युतगृह र अन्य संरचनामा क्षति गरेको थियो ।

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको कार्यकारी निर्देशक नेपालले जानकारी दिनुभयो । पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिनुभयो ।

आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्नेगरी हाल निर्माणको काम भइरहेको मिश्रले बताउनुभयो । उहाँकाअनुसार लामो समयसम्म उत्पादन सुचारु नहुँदा आयोजनाले नोक्सानी खेपिरहनु परेको छ ।

इँवाखोला जलविद्युत आयोजनानजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत उत्पादन भने सुचारु भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवर्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत आयोजनाको उत्पादन करिब एक महिना अघिदेखि सुरु भएको हो ।

इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत आयोजनालाई एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो ।gorkhapatraonline.com

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १३:३५

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय