बसन्त पञ्चमी मेलामा फुटबल प्रतियोगिता : लिङ्खिम र नाल्बू ‘ए’ फाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेल सम्पन्न भएको छ । बसन्त पञ्चमी मेलाको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा भएको खेलमा सेमिफाइनल खेल सम्पन्न भएको हो । 

सेमिफाइनल खेल सम्पन्न भए सँगै लिङ्खिम स्पोर्टिङ क्लब लिङ्खिम र नाल्बू स्पोर्टिङ क्लब ‘ए’ फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा नवज्योति युवा क्लब सान्थाक्रालाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै लिङ्खिम फाइनलमा प्रवेश गरेको हो ।
 
यस्तै आज भएको दोस्रो खेलमा आयोजक ‘ए’ लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले नै पराजित गर्दै नाल्बु स्पोर्टिङ क्लब ‘ए’ फाइनलमा प्रवेश गरेको खेल संयोजक जीतेन लङ्वाले जानकारी दिनुभयो । यो सँगै फाइनलका लागि लिङ्खिम र नाल्बुले भेट पक्का गरेका छन् । भोलि फाइनल खेल हुँदै छ । 

महिला तर्फको खेलमा थुकिमा स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै नवज्योति युवा क्लब सान्थाक्रा फाइनलमा प्रवेश गरेको छ भने, नाल्बू स्पोर्टिङ क्लब नाल्बूलाई ३-२ गोल अन्तरले पराजित गर्दै थिङ्लाबू स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । यो सँगै सान्थाक्रा र थिङ्लाबूको फाइनलमा भेट पक्का भएको हो । 

क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

भोलि फाइनल खेल सँगै भेट्रान्स खेलको पनि फाइनल हुने क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो । भेट्रान्समा आयोजक र थुकिमाबिच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १४:२०

प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको

ताप्लेजुङका सरकारी कार्यालयहरुले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने

ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा

कञ्चनजङ्घा हीरक महोत्सव : भलिबल खेलको तालिका सार्वजनिक

ताप्लेजुङ । कञ्चनजङ्घा हीरक महोत्सवमा सञ्चालन हुने पालिका स्तरीय आमन्त्रित

पाथिभरा याङवरक गाउँपालिकाले बनायो देवाली गर्ने मन्दिर

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले कुल पुजा (देवाली) गर्ने

पाथिभरा मन्दिरमा एक वर्षमा आए दुई लाख बढी भक्तजन 

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा दुई लाख