बसन्त पञ्चमी मेलामा फुटबल प्रतियोगिता : लिङ्खिम र नाल्बू ‘ए’ फाइनलमा प्रवेश



ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेल सम्पन्न भएको छ । बसन्त पञ्चमी मेलाको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा भएको खेलमा सेमिफाइनल खेल सम्पन्न भएको हो । 

सेमिफाइनल खेल सम्पन्न भए सँगै लिङ्खिम स्पोर्टिङ क्लब लिङ्खिम र नाल्बू स्पोर्टिङ क्लब ‘ए’ फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा नवज्योति युवा क्लब सान्थाक्रालाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै लिङ्खिम फाइनलमा प्रवेश गरेको हो ।
 
यस्तै आज भएको दोस्रो खेलमा आयोजक ‘ए’ लाई ट्राइबेकरमा ५-४ गोल अन्तरले नै पराजित गर्दै नाल्बु स्पोर्टिङ क्लब ‘ए’ फाइनलमा प्रवेश गरेको खेल संयोजक जीतेन लङ्वाले जानकारी दिनुभयो । यो सँगै फाइनलका लागि लिङ्खिम र नाल्बुले भेट पक्का गरेका छन् । भोलि फाइनल खेल हुँदै छ । 

महिला तर्फको खेलमा थुकिमा स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै नवज्योति युवा क्लब सान्थाक्रा फाइनलमा प्रवेश गरेको छ भने, नाल्बू स्पोर्टिङ क्लब नाल्बूलाई ३-२ गोल अन्तरले पराजित गर्दै थिङ्लाबू स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । यो सँगै सान्थाक्रा र थिङ्लाबूको फाइनलमा भेट पक्का भएको हो । 

क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

भोलि फाइनल खेल सँगै भेट्रान्स खेलको पनि फाइनल हुने क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो । भेट्रान्समा आयोजक र थुकिमाबिच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : 2:20 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा