विविध कार्यक्रमका साथ ताप्लेजुङमा मनाइयो प्रजातन्त्र दिवस



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । विविध कार्यक्रमका साथ ताप्लेजुङमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८० मनाइएको छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहाँनियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस ताप्लेजुङमा पनि मनाइएको हो । 

जिल्ला समन्वय समितिको संयोजन र राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण सँगै समन्वय समितिको परिसरमा वृक्षरोपण गरिएको छ । साथै समन्वय समितिको प्राङ्गणमा राष्ट्रिय झण्डा झन्डोत्तोलन पनि गरिएको छ । 

यस्तै राजनीतिक दल तथा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिता समेत सम्पन्न भएको छ । डोरी तान्ने प्रतियोगितामा पुरुष तर्फ कर्मचारी प्रथम भएको छ भने महिला तर्फ प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेको नेतृत्वमा रहेको समुह विजेता भएका छन् । 

विजेता हुने पुरुष महिला दुवै समुहले नगद १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रम फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले फागुन ६,७ र ८ गते तीन दिन घर तथा सार्वजनिक निकायहरूमा साँझ दीपावली गर्न समेत आह्वान गरेको छ । 

मूल समारोह समितिले जिल्ला भरका सबै स्थानीय तहमा आ–आफु अनुकूल कार्यक्रम तय गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन समेत आग्रह गरेको छ । 

प्रकाशित मिति : 6:04 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन