विविध कार्यक्रमका साथ ताप्लेजुङमा मनाइयो प्रजातन्त्र दिवस



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । विविध कार्यक्रमका साथ ताप्लेजुङमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८० मनाइएको छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहाँनियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस ताप्लेजुङमा पनि मनाइएको हो । 

जिल्ला समन्वय समितिको संयोजन र राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण सँगै समन्वय समितिको परिसरमा वृक्षरोपण गरिएको छ । साथै समन्वय समितिको प्राङ्गणमा राष्ट्रिय झण्डा झन्डोत्तोलन पनि गरिएको छ । 

यस्तै राजनीतिक दल तथा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिता समेत सम्पन्न भएको छ । डोरी तान्ने प्रतियोगितामा पुरुष तर्फ कर्मचारी प्रथम भएको छ भने महिला तर्फ प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेको नेतृत्वमा रहेको समुह विजेता भएका छन् । 

विजेता हुने पुरुष महिला दुवै समुहले नगद १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रम फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले फागुन ६,७ र ८ गते तीन दिन घर तथा सार्वजनिक निकायहरूमा साँझ दीपावली गर्न समेत आह्वान गरेको छ । 

मूल समारोह समितिले जिल्ला भरका सबै स्थानीय तहमा आ–आफु अनुकूल कार्यक्रम तय गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन समेत आग्रह गरेको छ । 

प्रकाशित मिति : 6:04 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी