ताप्लेजुङमा प्रजातन्त्र दिवसको दिन डोरी तान्ने मैत्रीपूर्ण प्रतियोगिता हुने



ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा ताप्लेजुङमा सोमवार राजनीतिक दल तथा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको अध्यक्षतामा आइतबार बसेको बैठकले बिभिन्न कार्यक्रममा साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको जिल्ला मूल समारोह समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार फागुन ७ गते जिल्ला समन्वय समितिको परिसरमा वृक्षरोपण समेत गरिने छ । यस्तै जिल्ला समन्वय समितिको प्राङ्गणमा राष्ट्रिय झण्डा झण्डोत्तोलनको कार्यक्रम समेत राखिएको छ ।

प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले फागुन ६,७ र ८ गते तीन दिन घर तथा सार्वजनिक निकायहरूमा साँझ दीपावली गर्न समेत आह्वान गरेको छ । मूल समारोह समितिले जिल्ला भरका सबै स्थानीय तहमा आ–आफु अनुकूल कार्यक्रम तय गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन समेत आग्रह गरेको छ ।

मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिताका लागि मणिशंकर पोमू संयोजक रहेको तीन सदस्यीय समिति गठन भएको छ । समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख गणेशप्रसाद पोखरेल तथा ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू सदस्य रहनु भएको छ ।

बिजेतालाई जिल्ला समन्वय समितिमार्फत व्यवस्थापन गर्नेगरी १० हजार रुपैयाँ राशीको पुरस्कारको समेत व्यवस्था गरिएको राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहाँनियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ ।eujyalopost.com

प्रकाशित मिति : 1:13 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी