ताप्लेजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पछि ताप्लेजुङमा ४ हजार ४ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार २ हजार ६ सय ५४ पुरुष र १ हजार ७ सय ९६ महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । दुलालका अनुसार २०७९ साल चैत २८ गते सम्ममा ३ हजार ८ सय ४८ तथा २०८० साल बैशाख देखि फागुन पहिलो साता सम्ममा ६ सय २ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला गरी कूल ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नयाँ नाम दर्ता सहित मतदाता नामावलीमा नाम दर्ता गर्नेको कूल संख्या ९२ हजार ७ सय ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रममा ३२ जनाले नामावलीमा भएको त्रुटी सच्याएका छन् भने २६ जनाले जिल्ला भित्रको ठेगाना र ४९ जनाले अन्तर जिल्ला ठेगाना सारेको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । eujyalopost.com
प्रतिक्रिया