प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पछि ताप्लेजुङमा ४ हजार बढिले दर्ता गराए मतदाता नामावली



ताप्लेजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पछि ताप्लेजुङमा ४ हजार ४ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार २ हजार ६ सय ५४ पुरुष र १ हजार ७ सय ९६ महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । दुलालका अनुसार २०७९ साल चैत २८ गते सम्ममा ३ हजार ८ सय ४८ तथा २०८० साल बैशाख देखि फागुन पहिलो साता सम्ममा ६ सय २ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला गरी कूल ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नयाँ नाम दर्ता सहित मतदाता नामावलीमा नाम दर्ता गर्नेको कूल संख्या ९२ हजार ७ सय ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रममा ३२ जनाले नामावलीमा भएको त्रुटी सच्याएका छन् भने २६ जनाले जिल्ला भित्रको ठेगाना र ४९ जनाले अन्तर जिल्ला ठेगाना सारेको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । eujyalopost.com

प्रकाशित मिति : 1:06 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी