भुत्तानी नपाएको भन्दै दोभान-बहानन्दे सडकका ठेकेदारको काम छोड्ने चेतावनी



ताप्लेजुङ । दोभान-बहानन्दे सडक खण्डमा कार्यरत निर्माण कम्पनीले काम छोडेर हिड्ने चेतावनी दिएको छ । काम गरेको रकम भुक्तानी नदिएको भन्दै कम्पनीले काम छोडेर हिड्ने चेतावनी हो ।

काम गरिरहेको, तर सरकारले दिनुपर्ने भुक्तानी नदिँदा काम गर्न असहज भएको भन्दै निर्माण कम्पनीका प्रतिनिधिहरुले सोमबार निर्माणस्थलमा व्यानरसहित प्रदर्शन गरेका छन् । देशका अन्य विभिन्न ठाउँमा ठेकेदारले काम छोडेर भागेको गुनासो आइरहँदा यहाँ भने सरकारले काम गरेको पैसा नदिएका कारण काम छोडेर हिड्नुपर्ने अवस्था आएको कम्पनीको भनाई छ ।

१० किलोमिटर सडक कालोपत्रेका लागि एपेक्स कन्ट्रक्सन कम्पनी प्रालिले डेढ वर्षअघि कामको जिम्मा लिएको थियो । ३३ करोडको ठेक्कामा डेढ वर्षमा ६० प्रतिशत काम सकिएको कम्पनीका ताप्लेजुङ प्रतिनिधि अनिल चौधरीको दावी छ । उनका अनुसार रकम भने ४७ प्रतिशत मात्रै पाएका छन् । ७ करोड रुपैंयाको बिल बनाएर कार्यालयमा पेश गरेको उनले बताए ।

यो सडक उत्तर दक्षिण ९मुलघाट–दोभान–ओलाङचुङगोला० सडक आयोजनाले हेर्दै आएको छ । सडकको ठेक्का लागेपछि ठेकदारलाई तत्काल काम गराउन जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयबासीले पनि दबाव दिएका थिए । आफुहरुले पैसा नपाउँदा सबैले बोलिदिनुपर्ने माग निर्माण कम्पनीका मजदुरको छ ।

यो ताप्लेजुङको निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ लाई एकमात्र सडक हो ।

प्रकाशित मिति : 12:50 pm

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान