फुङलिङ नगरपालिकाको कार्यालयमा नेपाल बैँकको एक्सटेन्सन काउन्टर स्थापना 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  नेपाल बैँक लिमिटेडले ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरेको छ । सोमबार आज फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाको प्रमुख आतिथ्यतामा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरिएको हो । 

नयाँ स्थापित शाखा मार्फत कर्जा बाहेकका सेवाहरू प्रवाह हुने नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख बसन्धरा आचार्यले बताउनुभयो । उहाँका अनुसार शाखा मार्फत नयाँ २ लाख रुपैयाँसम्मको भुक्तानी दिइनेछ । सो भन्दा बढीका भुक्तानी लिनुपरेमा अग्रिम जानकारी गराउनुपर्ने समेत शाखा प्रमुख आचार्यको भनाई छ । 

विशेष गरेर नगरपालिकामार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू समेत खोलिने बताईको छ । नगर कार्यपालिकामै एक्सटेन्सन काउन्टर शाखा स्थापना भएपछि सो आसपासका कार्यलयका सेवाग्राहीले समेत सेवा लिन पाउने भएका छन् । 

ताप्लेजुङमा २ सहित ३८ ओटा शाखा बिस्तार गरिरहेको नेपाल बैँकले ३ ओटा नगरपालिका सहित ८ वटा एक्सटेनसन काउन्टर शाखा बिस्तार गरेको छ । झापाको मेचीनगर नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक्सटेनसन काउन्टर शाखा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०६:१७

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई