फुङलिङ नगरपालिकाको कार्यालयमा नेपाल बैँकको एक्सटेन्सन काउन्टर स्थापना 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  नेपाल बैँक लिमिटेडले ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरेको छ । सोमबार आज फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाको प्रमुख आतिथ्यतामा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरिएको हो । 

नयाँ स्थापित शाखा मार्फत कर्जा बाहेकका सेवाहरू प्रवाह हुने नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख बसन्धरा आचार्यले बताउनुभयो । उहाँका अनुसार शाखा मार्फत नयाँ २ लाख रुपैयाँसम्मको भुक्तानी दिइनेछ । सो भन्दा बढीका भुक्तानी लिनुपरेमा अग्रिम जानकारी गराउनुपर्ने समेत शाखा प्रमुख आचार्यको भनाई छ । 

विशेष गरेर नगरपालिकामार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू समेत खोलिने बताईको छ । नगर कार्यपालिकामै एक्सटेन्सन काउन्टर शाखा स्थापना भएपछि सो आसपासका कार्यलयका सेवाग्राहीले समेत सेवा लिन पाउने भएका छन् । 

ताप्लेजुङमा २ सहित ३८ ओटा शाखा बिस्तार गरिरहेको नेपाल बैँकले ३ ओटा नगरपालिका सहित ८ वटा एक्सटेनसन काउन्टर शाखा बिस्तार गरेको छ । झापाको मेचीनगर नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक्सटेनसन काउन्टर शाखा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : 6:17 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन