मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ



मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर प्लेट फाली भारततर्फ लैजाने उद्देश्यले विराटनगर महानगरपालिका – १४ स्थित लुकाई राखेको अवस्थामा २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मण्डलले लामो समयदेखि नेपालको सीमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरी मोटरसाइकल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 7:40 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन