मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ



मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर प्लेट फाली भारततर्फ लैजाने उद्देश्यले विराटनगर महानगरपालिका – १४ स्थित लुकाई राखेको अवस्थामा २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मण्डलले लामो समयदेखि नेपालको सीमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरी मोटरसाइकल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 7:40 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ