अनेरास्ववियु ताप्लेजुङको २३औं जिल्ला अधिवेशन आजबाट



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको २३औं जिल्ला अधिवेशन आजबाट हुँदै छ । “ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा आधिवेशन आज र भोली हुने भएको हो ।

अधिवेशन नेकपा एमाले ताप्लेजुङ जिल्ला पार्टी कार्यालयको सभा हलमा आज र भोली हुने अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङका संयोजक मिङ्मा शेर्पाले जानकारी दिनु भएको छ । उहाँका अनुसार यस अधिवेशनलाई सफल पार्न १० वटा उपसमिति समेत गठन गरिएको छ । नवनिर्वाचित कमिटीमा ७ पदाधिकारी सहित ४१ सदस्य रहने छन् । जसमा ७ पदाधिकारीमा २ महिला अनिवार्य गरिएको छ ।

अधिवेशनका लागि नव गठित कमिटीहरु मध्ये ताप्लेजुङका ८ वटा गाउँपालिका कमिटीहरूबाट २ महिला अनिवार्य सहित ५ जनाको दरले ४० जना र १ नगरपालिकाबाट ३ महिला सहित ७ जना र क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना गरी जम्मा ५० जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । आयोजक कमिटीमा रहेका ५७ जना स्वत प्रतिनिधि हुने विधानमा व्यवस्था रहेको छ ।

अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ ।

प्रकाशित मिति : 12:54 am

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको