अनेरास्ववियु ताप्लेजुङको २३औं जिल्ला अधिवेशन आजबाट



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको २३औं जिल्ला अधिवेशन आजबाट हुँदै छ । “ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा आधिवेशन आज र भोली हुने भएको हो ।

अधिवेशन नेकपा एमाले ताप्लेजुङ जिल्ला पार्टी कार्यालयको सभा हलमा आज र भोली हुने अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङका संयोजक मिङ्मा शेर्पाले जानकारी दिनु भएको छ । उहाँका अनुसार यस अधिवेशनलाई सफल पार्न १० वटा उपसमिति समेत गठन गरिएको छ । नवनिर्वाचित कमिटीमा ७ पदाधिकारी सहित ४१ सदस्य रहने छन् । जसमा ७ पदाधिकारीमा २ महिला अनिवार्य गरिएको छ ।

अधिवेशनका लागि नव गठित कमिटीहरु मध्ये ताप्लेजुङका ८ वटा गाउँपालिका कमिटीहरूबाट २ महिला अनिवार्य सहित ५ जनाको दरले ४० जना र १ नगरपालिकाबाट ३ महिला सहित ७ जना र क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना गरी जम्मा ५० जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । आयोजक कमिटीमा रहेका ५७ जना स्वत प्रतिनिधि हुने विधानमा व्यवस्था रहेको छ ।

अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ००:५४

२४ औँ सशस्त्र प्रहरी दिवसमा ताप्लेजुङमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । “२४ औँ सशस्त्र प्रहरी दिवस २०८१” को

“चोरी” मानसिकअसन्तुलनको प्रतिफल

ई. वीरेन्द्र श्रेष्ठताप्लेजुङ । चोरी एउटा पुरानो र गम्भीर सामाजिक

मेरिङदेनको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि खाम्लुङलाई

ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको