सिदिङवा गाउँपालिकाको निलगिरी माविका व्यवस्थापन समितिका अध्यक्षले गरे विद्यालयमा तालाबन्दी



ताप्लेजुङ । निलगिरी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद लिम्वूले विद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् । आफूलाई छलेर प्रधानाध्यापक र गाउँपालिकाले करारको शिक्षक नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको उनले टाँसेको सूचनामा उल्लेख छ ।


सिदिङवा गाउँपालिका ६ मा रहेको यो विद्यालयमा अंग्रेजी विषयको शिक्षक रिक्त रहेको थियो । गाउँपालिकाले परीक्षा गराएर शिक्षक नियुक्त गरेपछि अध्यक्ष लिम्वूले तालाबन्दी गरेका हुन् ।

‘करार शिक्षक छनौट समितिको अध्यक्ष विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुन्छ, कम्तिमा १५ दिनको सूचना प्रकाशन गर्नु पर्छ,’ अध्यक्ष लिम्बूले भने, ‘सदस्यको अध्यक्षतामा तीन दिनको सूचना निकालेर मलाई थाहै नदिई शिक्षक नियुक्त गरेछन्, त्यसैको विरुद्धमा तालाबन्दी गरेको हुँ ।’

विद्यार्थीको पढाईमा बाधा नहोस् भनेर प्रशासनिक कक्षमा मात्रै तालावन्दी गरेको र निर्णय वदर नभएसम्म तालावन्दी नखोल्ने उनले वताए ।

यता निमित्त प्रधानाध्यापक मोहनचन्द्र साँवाले भनें गाउँपालिकाको हिउँदे अबिधेशनले गाउँ शिक्षा समितिको अध्यक्ष वा अध्यक्षले तोकेको ब्यत्ती शिक्षक छनौट समितिको संयोजक हुने प्रावधान बनाएकोले त्यही मापदण्ड अनुसार परिक्षा गराएको बताएका छन् ।

आफूहरुले तीन दिनको नभएर पुष २४ गते नै शिक्षक आवश्यकताको सूचना निकालेको उनको दाबी छ । ‘यो विषय उहाँ ९अध्यक्ष० को बहाना मात्रै हो, उहाँले मलाई प्रधानाध्यापक पनि स्वीकार्नु भएको छैन,’ प्रधानाध्यापक साँवाले भने, ‘अध्यक्षले नै गरेको तालाबन्दी भएकाले लागिरहेको छ, हामीले पठन(पाठन गरिरहेका छौं ।’ कान्तिपुर

प्रकाशित मिति : 3:25 pm

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक