सुन र नगद चोरी आरोपमा एक युवक पक्राउ



रेडियो काबेली

ईलाम । ईलाममा सुनको गहना र नगद चोरी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय प्रकाश साँवा (लिम्बु) रहेका छन् ।

साँवाले फाकफोकथुम गाउँपालिका(१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रुपैयाँ चोरी गरेको आरोप छ । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : 9:29 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक