दोहोरो अङ्कले बढ्यो शेयर बजार, ४ अर्ब ५६ करोड ६५ लाखको कारोबार



आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । हिजो १०.३७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १०.२६ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव ७२ अङ्कमा पुगेको छ । आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको शेयर सामान्य बढेको छ ।

आज युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेको छ । आज हिजोको भन्दा कारोबार रकम बढेको छ ।

आज एक करोड २३ लाख २२ हजार कित्ता शेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : 10:24 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा