फुङलिङ नगरपालिकाले  नगरका मासु व्यवसायीसँग छलफल गर्ने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले  नगरका मासु व्यवसायीसँग छलफल गर्ने भएको छ । नगरपालिकाले मासुको व्यवस्थापन, सरसफाइ लगायतका विषयमा माघ १६ गते दिउसो १ बजेदेखि छलफल गर्न लागेको नगर उपप्रमुख भिमादेवी ओझाले जानकारी दिइन् ।  

धरान लगायतका ठूला शहरमा जस्तै एकै ठाउँमा सुविधा सम्पन्न वधशाला र बिक्री वितरण केन्द्र बनाउने तयारीमा रहेको नगरपालिकाले त्यो विषयमाथि व्यवसायीसँग छलफलको तयारी गरेको जनाएको छ । नगर उप प्रमुख  ओझाका अनुसार सदरमुकामको फुङलिङको दुई वा तीन ठाउँमा व्यवस्थित मासुपसल सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको छ ।

त्यो प्रकृया प्रारम्भ गर्नु अघि व्यवसायीसँग छलफल गर्न लागिएको ओझाले बताइन् । । मासु व्यवसायीको सुझावका आधारमा नगर कार्यपालिकामा योजना लैजाने नगरको तयारी रहेको उप प्रमुखको ओझाको भनाई  रहेको छ ।

प्रकाशित मिति : 3:00 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी