नश्ल सुधारका लागि मेरिङदेनद्धारा निशुल्क कृत्तिम गर्भाधान सेवा सुरु




रेडियो काबेली
ताप्लेजुङ ।
मेरिङदेन गाउँपालिकाले उन्नत जातीय नश्ल सुधार गर्नका लागी निशुल्क सेवा सुरु गरेको छ । पालिकाले कृत्तिम गर्भाधान कार्यक्रम संचालन कार्यविधी २०८० बनाएर उक्त सेवा सुरु गरेको हो ।


गत पुष १८ गते कार्यविधी गाउँपालिकाबाट पारित भई सेवा सुरु भएको र हालसम्म दुई वटा भैँसी र एउटा गाईमा कृत्तिम गर्भाधान गरिएको र बाख्रामा पनि कृत्तिम गर्भाधान गराउने प्रकृयामा रहेको सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिए ।


उन्नत जातीय नश्ल सुधार गरि व्यवसायिक पशुपालनमा सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले उक्त सेवा गाई, भैँसी र बाख्रामा सुरु गरेको जनाएको छ । पालिकाका पशु प्राविधिकले कृषकको घर दैलोमा नै पुगेर सेवा प्रवाह गर्ने छन् भने सो सेवा मेरिङदेन गाउँपालिका अस्थायी एव्म स्थायी रुपमा बसोबास गर्ने कृषकले पाउने कार्यविधीमा उल्लेख रहेको छ ।


सेवा प्रवाह गर्ने पशु प्राविधिकले कार्यालय समयमा कार्यलयमा सेवा प्रवाह गरेमा निशुल्क, कार्यालय समयभित्र हाजिर भई कृषकको घरमा गई सेवा दिएमा ८ सय रुपैँया, कार्यालय समय बाहिर कृषकको घरमा गई सेवा दिए १ हजार २ सय र बाख्राको जुन सुकै समयमा कृत्तिम गर्भाधान गरेमा पाँच सय रुपैँया प्रोत्साहन स्वरुप गाउँपालिकाले दिनेछ । अन्तरपालिकामा सेवा दिएमा पशु प्राविधिकबाट पालिकाले २०० रुपैँया लिएर पालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्नेछ ।


स्थानीयले भने सुँगुरमा पनि कृत्तिम गर्भाधान गर्ने व्यवस्था गरि दिए सहज हुने बताएका छन् । एता गाउँपालिकाले प्राविधिक समस्या र लागत धेरै लाग्ने भएका कारण हाल गाई,भैँसी र बाख्रामा मात्रै गर्भधान सेवा सुरु गरिएको जनाएको छ । मेरिङदेन गाउँपालिकाका अधिकाँश घरमा सुँगुर पाल्ने गरिन्छ ।

प्रकाशित मिति : 11:00 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी