भानु माविले फाल्गुणमा हिरक महोत्सब मनाउँदै



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयले ७५ औँ वार्षिक उत्सव मनाउने भएको छ । भानु जन माविले स्थापनाको ७५ औं बार्षीक उत्सबलाई हिरक महोत्सबको रुपमा फाल्गुण २,३ र ४ गते मनाउन लागेकोे प्रधानाध्यापक किशोर कुमार राईले बताए ।


भानु जन मा.विका भुतपुर्व प्रधानाध्यापक, भुतपुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा पदाधिकारी, भुतपुर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भुतपुर्व बिधार्थी एवं सरोकारवालाहरुलाई सम्मान गरिने तथा विद्यालयसँग सम्बन्धित रहेका व्यक्तिहरुको लेखहरु समावेश गरिएको स्मारिका विमोचन गरिने प्रधानाध्यापक राईको भनाई छ ।


विद्यालयसँग सम्बन्धित केहि व्यक्तिहरुको विवरण नष्ट भएकाले सो जानकारी पनि पठाएर सहयोग गरिदिन विद्यालयले आग्रह गरेको छ । २००६ सालमा स्थानपना भएको विधालयले हाल अंगे्रजी तथा नेपाली दुवै माध्यमहरुवाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ ।


प्राविधिक धारका सिभिल ईन्जिनियरिङ सहित साईन्स एवं विभिन्न विषयहरुको अध्ययन पनि गर्न सकिने भएकाले हाल विधार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहको विद्यालयले जनाएको छ । विद्यालयमा केहि समय अघिबाट जिल्लामा नै पहिलो पटका आईटी एकेडी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाईनिङका कक्षा समेत सञ्चालन भई रहेको छ।

प्रकाशित मिति : 10:27 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी