तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु



तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका हुन्। गम्भीर अवस्थाका थामीलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

घाइते दुईजनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ। म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना भएको हो।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ०४:४७

ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण

रेडियो काबेलीताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको

पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 

सौगात विष्ट ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको

ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको नामले अधिकार पायो 

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र स्नातकोत्तर सञ्चालन हुने पाथिभरा बहुमुखी

ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान