तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु



तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका हुन्। गम्भीर अवस्थाका थामीलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

घाइते दुईजनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ। म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना भएको हो।

प्रकाशित मिति : 4:47 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी