१२ वर्षमा पहिलो पटक एप्पल बन्यो सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी



एजेन्सी । अमेरिकी कम्पनी एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । १२ वर्षमा पहिलो पटक कोरियाली ‘ब्रान्ड’ सामसङलाई पछि पार्दै एप्पल सन् २०२३ मा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको बीबीसीले जनाएको छ ।

‘इन्टरनेशनल डाटा कर्पोरेशन’ (आईडीसी) को तथ्याङ्कअनुसार सन् २०२३ मा एप्पलले २३ करोड २४ लाख थान स्मार्टफोन बेचेको थियो । यस्तै सामसङले २२ करोड ६० लाख थान स्मार्टफोन बेचेको थियो । यसैगरी साओमीले १४ करोड ५० लाख र ओप्पोले १० करोड ३१ लाख थान स्मार्टफोन बेचेका आईडीसीको तथ्याङ्कमा उल्लेख छ ।

स्मार्टफोन बजारमा एप्पलको हिस्सा २० दशमलव १ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको सामसङको हिस्सा १९ दशमलव ४ प्रतिशत छ ।

आईडीसीका अनुसार गएको वर्ष १ अर्ब २० करोड थान स्मार्टफोन बेचिएको थियो । यो सङ्ख्या सन् २०२२ को तुलनामा ३ प्रतिशतले कमी हो । यो सङ्ख्या पछिल्लो दशकको सबैभन्दा कम हो ।

बढ्दो नियामक चुनौती र चीनमा हुवावेसँगको प्रतिस्पर्धाका बाबजुद एप्पलले यो उपलब्धि हासिल गरेको आईडीसीले बताएको छ । एप्पलको आक्रामक योजना र ब्याजरहित किस्ता सुविधाले पनि बिक्री बढेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १२:४४

ताप्लेजुङका तीन गाउँपालिकाले जनाए मिलेर अघि बढ्ने प्रतिवद्धता

ताप्लेजुङ । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति

 जिल्ला अस्पताल ताप्लेजुङलाई एइडी मेसिन प्रदान 

ताप्लेजुङ ।  जिल्ला अस्पताल ताप्लेजुङलाई स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन

ताप्लेजुङमा चार महिनापछि हवाई उडान सुरु

ताप्लेजुङ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको

पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढिले गरे दर्शन

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात

छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप सुरु (फोटो फिचर)

ताप्लेजुङ । छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम सुरु भएको