फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन



ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय माछा तथा मासु उपलब्ध गराउने उद्देश्यले ताप्लेजुङको फुङलिङ बजारका १४ वटा माछा तथा मासु पसलको अनुगमन गरिएको छ ।

फुङलिङ नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय ताप्लेजुङको संयुक्त आयोजनामा गरिएको अनुगमनका क्रममा केही माछा पसलमा माछासँगै अन्य खाद्य सामग्री राखेर बिक्री गर्ने गरेको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा गरिएको अनुगमनका क्रममा माछा र अन्य खाद्य सामग्री छुट्टाछुट्टै राखेर बिक्री गर्न व्यवसायीलाई सचेत गराइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले खाद्य सामग्रीको स्वच्छता कायम राख्न तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्न नदिन व्यवसायीलाई आवश्यक निर्देशन दिइएको जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा. रोशन दाहालका अनुसार अनुगमनका क्रममा केही माछाको खानयोग्यता परीक्षण गरिएको थियो । परीक्षण गरिएका माछा खान योग्य पाइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले फुङलिङको तोक्मेडाँडास्थित माछा पसल बन्द गर्नसमेत निर्देशन दिनुभएको छ । यद्यपि, उक्त पसल बन्द गर्न निर्देशन दिनुको विस्तृत कारण भने खुलाइएको छैन ।

अनुगमनपछि जिल्लाका सबै माछा तथा मासु व्यवसायीलाई आगामी मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । व्यवसायीलाई उपस्थित गराएर खाद्यवस्तुको स्वच्छता, गुणस्तर र सुरक्षित बिक्री वितरणसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

उपभोक्ताको स्वास्थ्य संरक्षण गर्न बजारमा बिक्री हुने खाद्यवस्तुको नियमित अनुगमन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । माछा तथा मासुजन्य वस्तुको भण्डारण, स्वच्छता र बिक्री वितरणमा मापदण्ड पालना भए नभएको विषयमा अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रकाशित मिति : 6:08 am

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी