प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह



ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका कारण बाढी, पहिरो, हिमपात तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भन्दै पर्यटक र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते गाउँपालिका तथा आसपासका क्षेत्रमा वर्षा र मेघगर्जनको सम्भावना रहेको र कात्तिक १८ गतेसम्म मौसममा उतारचढाव आउन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो ।

हिमाली भूगोल, नदीखोला तथा जोखिमयुक्त पदमार्ग रहेको यस क्षेत्रमा प्रतिकूल मौसमले जनजीवन प्रभावित गर्न सक्ने भन्दै गाउँपालिकाले नदीखोला, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भूभागमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ ।

गाउँपालिकाले घरपरिवार, बालबालिका, ज्येष्ठ नागरिक तथा पशुपन्छीको सुरक्षामा ध्यान दिन र सडक तथा पदमार्गमा पानीको उचित निकासको व्यवस्था गर्न पनि अनुरोध गरेको छ । जोखिम देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय वा गाउँपालिकालाई जानकारी गराउन गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आग्रह गर्नुभएको छ ।

यसैगरी, कञ्चनजङ्घा आधार शिविर, दक्षिणी आधार शिविर, घुन्सा, ओलाङ्चुङगोला र टिपताला लगायतका उच्च हिमाली क्षेत्रमा भ्रमणरत पर्यटकलाई मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ ।

होटल, होमस्टे तथा लज सञ्चालकलाई पर्यटकको अवस्था बुझ्न, खाद्यान्न, न्यानो कपडा, सञ्चार तथा प्राथमिक उपचारको व्यवस्था सुनिश्चित गर्न गाउँपालिकाले अनुरोध गरेको छ । स्थानीय गाइड तथा सम्बन्धित निकायको सल्लाहबिना जोखिमयुक्त पदयात्रा नगर्न पनि सूचनामार्फत सचेत गराइएको छ ।

सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न नागरिक, जनप्रतिनिधि, पर्यटन व्यवसायी, गाइड तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । अहिले फक्ताङ्लुङ गाउँपालिकासहित ताप्लेजुङको सम्पूर्ण क्षेत्रमा वर्षा भइरहेको छ ।

प्रकाशित मिति : 11:48 am

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने