पाथीभरा मन्दिरबाट संकलन भएको सुन तथा चाँदी प्रचलित दररेटमा बिक्री गरिने



रेडियो काबेली
ताप्लेजुङ। पाथीभरा मन्दिरबाट संकलन भई शुद्धीकरण गरिएको सुन तथा चाँदी प्रचलित दररेटमा बिक्री गरिने छ ।पाथीभरा मन्दिरमा संकलन भएको सुन शुद्धीकरणपछि एकसय ७८ तोला बढी कायम भएको छ । यस्तै चाँदी ६१ किलो ८ सय ग्राम समेत शुद्धीकरण गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको अध्यक्षतामा बुधवार बसेको समितिको बैठकले सुन तथा चाँदी प्रचलित दररेटमा बिक्री गर्न बोलपत्र आवह्वान गर्ने निर्णय लिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए। २०७९ साल भदौ ५ गते देखि २०८० साल मंसिर १६ गते सम्म संकलन भएको उक्त परिमाणको सुन प्रचलित दररेटमा बिक्री गरिने कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए।

पछिल्लो पटक शद्धीकरण गरिएको ९१ तोला ८९ लाल र पहिले शुद्धीकरण गरिएको ८६ तोला ९३ लालसमेत कुल १७८ तोला ८२ लाल शुद्ध सुन कायम भएको क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार संकलन भएको ९२ किलोग्राम ६ सय ५० ग्राम चाँदी शुद्धीकरण गर्दा ६१ किलोग्राम ८ सय ग्राम शुद्ध चाँदी कायम छ ।

शुद्धीकरणपछि भण्डारण गरिएको सुन र चाँदी प्रचलित दररेट भन्दा कम नहुने गरी बोलपत्र आवह्वान गरी बिक्री गरिने क्षेत्र विकास समितिले निर्णय लिएको हो ।

यस्तै पाथीभरा मन्दिरबाटै संकलन भएको ६ हजार ५ सय ३९ किलोग्राम तामाबाट पाथीभरा क्षेत्रमा प्रवेशद्धार बनाईने सहमति भएको छ । यसअघि पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाईमा माथिल्लो फेदीस्थित कान्छीथानमा तामाकै स्वागतद्धार निर्माण भईसकेको छ ।

तामाको स्वागतद्धारा कतिवटा र कहाँ–कहाँ बनाउने भन्ने बिषयको निक्र्यौल भने पछि गरिने भएको छ । मन्दिरमा तीर्थालुले चढाएका घण्टीहरुहरुको व्यवस्थापनका बिषयमा पाथीभरा क्षेत्र विकास समितिले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अन्यत्र क्षेत्रका शक्तिपीठहरुमा घण्टीको व्यवस्थापन बारे भइरहेका प्रयासको समेत अध्ययन गरी पाथीभरा क्षेत्र तीर्थालुले चढाएका घण्टीहरुको व्यवस्थापन प्रकृयाको निर्णय लिईने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङले बताए ।

छलफलमा क्रममा कतिपय सरोकारवालाले पाथीभरा पदमार्ग क्षेत्रका दाँयाबाँया घण्टी झुण्ड्याउनुपर्ने,कतिपयले धातु भएकोले शुद्धीकरण गरेर एउटै घण्टी बनाई राख्नुपर्ने त कतिपयले बजार अवस्था बुझी बिक्री गर्नुपर्ने सुझाव दिएको क्षेत्र विकास समितिले जनाएको छ ।

यि सबै सुझावलाई मध्यनजर गरी थप सम्भाव्यता अध्ययन सहित घण्टी व्यवस्थापनको निर्णयमा पुगिने कार्यकारी निर्देशक हाङवाङले बताउनुभयो । पाथीभरा मन्दिरबाट संकलन भएको १६ हजार ३ सय ६८ किलोग्राम घण्टी अहिले भण्डारण गरी राखिएको छ ।

ई-उज्यालो पोष्ट

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ११:३२

डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि

वाईसीएल फक्ताङ्लुङ्द्वारा पालिका सरसफाइ 

ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ

भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने

ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको

पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 

ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी

ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि