चिकित्सकको आन्दोलनले विद्यार्थीको भविष्य अन्योल



धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय प्रतिष्ठानमा विगत ६ वर्षदेखि बढुवा प्रव्रिmया रोकिएको भन्दै शिक्षक र चिकित्सक आन्दोलित भई पठनपाठनसमेत बन्द गरेकाले विद्यार्थीको भविष्य अन्योल भएको भन्दै सोमबार विद्यार्थीले समेत भिसी कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।

शिक्षक, चिकित्सकले अन्तर्वार्ता सुचारु नभएको भनी गत आइतबारदेखि बिपी प्रतिष्ठानको ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरी आन्दोलनमा उत्रिएका थिए । त्यसपछि विद्यार्थीसमेत आन्दोलनमा उत्रिएका हुन्  ।

पटक पटकको आन्दोलनले विद्यार्थीको पढाइमा अवरोध आउनुका साथै तेस्रो सेमेस्टरमा पुगेका विद्यार्थीको पढाइ, प्रयोगात्मक कक्षा र सोभन्दा अगाडि गर्नुपर्ने ‘सिभियल’ नै सुरु नभएकाले तेस्रो सेमेस्टरको क्लिनिकल नै गर्न नपाएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा। ओमशान्ति रजतले बताए ।

बिपी प्रतिष्ठानमा भएको समस्या छिटै समाधान गरी पठनपाठन सुचारु गर्नुपर्ने माग राखी भिसी कार्यालयअगाडि ‘सिम्बोलिक’ आन्दोलन पढेर गरेको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा। रजतले बबताए । यो आन्दोलनपछि पढाइ सुचारु नभए बिपी प्रतिष्ठानमा करिब एक हजार पाँच सय जना मिलेर कडा आन्दोलन गर्ने उनले बताए ।

विद्यार्थी जेसिदार शाह प्रतिष्ठानमा जस्तो सेवासुविधा तथा पढाइ नेपालमा अन्य कहीँ नभएकाले यसलाई जोगाउनु यहाँका सम्बन्धित आधिकारीहरूको दायित्व रहेको बताउँछन् ।

यसैबिच प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै नगर प्रमुख हर्कराज राईले कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् । प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्ने आँट नगर्न र आवश्यक परेका बेला आफैँ आएर खोल्ने उनले बताए ।

पछिल्लो समय प्रतिष्ठानमा शिक्षक, चिकित्सकको बढुवा प्रव्रिmया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रव्रिmया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि केही दिनदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमा गरिरहेकामा आइतबारदेखि पुनः ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरिएको हो ।

गोरखापत्र

प्रकाशित मिति : 11:43 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी