सिरिजंघा सरोकार समाज नेपालको पहलमा सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी



ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिकालाई पूर्वको घान्द्रुकको रुपमा विकास गरिने भएको छ । सिरिजंघा सरोकार समाज नेपालको पहलमा सिरिजंघा गाउँपालिकालाई पुर्वको घान्द्रुकको रुपमा विकास गरिने भएको हो । सिरिजंघा सरोकार समाज गरेका ७ बुदे घोषणापत्रमा सिरिजंगा सरोकार समाज नेपालले विधान–२०७५ को उद्देश्यहरुलाई प्राथमिकता तथा आवश्यकताको सिद्धान्तका आधारमा कार्यान्वयन गर्ने गराउने सन्दर्भमा आफ्नो साधारणसभाबाट सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन पहल गर्ने घोषणा गरेको हो ।
आवाज विहीनहरुको आवाज, जनजीविकाको पक्षमा दरिलो वकालत, सचेतना र सशक्तीकरणको आवश्यकतालाई गम्भीर रुपमा महसुस गरी यी विषयहरुलाई कानुनीसाक्षरता सेमिनार प्रकाशन, वृत्तचित्र, हाँस्यव्यङ्ग्य पत्रकारिता, लेख रचना,सार्वजनिक सुनुवाई, चित्रकला, परियोजना, म्याराथुन, नीतिगत छलफल आदी विधिहरुबाट सशक्त रुपमा अघि बढ्ने सिरिजंघा सरोकार समाज नेपालले साधारणसभामा जनाएको छ ।

कानुनी शासन, सामाजिक न्याय, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, सुशासन,नागरिक अधिकार, लैगिक सशक्तीकरण, दीगो विकास, बौद्धिक सम्पत्ति अधिकार,कञ्चनजंघाको रोयल्टीको अधिकार, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरुको निर्वाध उपभोगको अधिकार, जैविक विधिधताको संरक्षण र त्यसको दिगो उपभोगको अधिकार, जल, जंगल र जमीनको अधिकार, परम्परागत तथामौलिक प्रविधिहरुको संरक्षण तथा पुनःउत्थान गर्ने गराउँने, आधुनिक विज्ञान रप्रविधिका नवीन आयामहरुलाई सशक्त रुपमा कार्यान्वयन गर्न गराउन सम्बन्धित सरोकारवाला पक्षहरुलाई दवाब सिर्जना गर्न दृढतापूर्वक लाग्ने सरोकार समाज नेपाल घोषणा गरेको हो ।

मौषम परिवर्तन, अवैज्ञानिक तौरतरिकाको विकास प्रक्रिया, भ्रष्टाचार, लैगिक हिंसा,मानव अधिकार हनन्, कुनै किसिमका भेदभाव, कुरीति, कुसंस्कार र पछौटेपन, ठालुप्रथा र विकास विरोधी गतिविधिका विरुद्ध नागरिकहरु, संघसंस्थाहरुको आन्दोलन दवाबका कार्यत्रमहरुको यस समाजको गहिरो ऐक्यबद्धता रहेन प्रतिबद्धता जाहेर गरेको छ ।

घोषणा पत्रमा सिरिजंघा गाउँपालिका क्षेत्रको आर्थिक, समाजिक, सांस्कृतिक, पर्यटन, कृषि, जडिबुट्टि, सिमसार, बन, चराचुरुङ्गी, लोपोन्मुख जडिबुट्टि, बालिनाली, नश्ल सुधार, औद्योगिकग्राम, सिरिजंघा राजाको १०० फिट अग्लो प्रतिमा सहितको बोटानिकल गार्डेनकोनिर्माण, साइरन जडित बाढी पहिरोको जोखिमको सूचना, लिम्बु संग्रलयकोआधुनिकीकरण, काबेली खोलाको उत्गम स्थललाई गौमुखा उत्तर गया धार्मिक स्थलनिर्माण जस्ता कुराहरु सहितको दीर्घकालीन विकास निर्माणको लागि ५० वर्षे विकासनिर्माणको गुरुयोजना तर्जुमा गर्नु पर्ने तर्फ सम्बन्धित निकायलाई घचघच्याउन प्रयास गर्ने सरोकार समाजले उल्लेख गरेको छ ।

सिरिजंघा सरोकार समाज नेपाल अध्यक्ष हरिचन्द्र भट्टराईले सिरिजंघा सरोकारसमाज ताप्लेजुङले सिरिजंघा भू–क्षेत्रबाट उद्योग, व्यवसाय, अध्ययन, अनुसंधान,रोजगारी वा अन्य कुनै किसिमले विदेशमा रहेका नागरिकको दुःख सुख तथा आपतविपत र साँकृतिक अभ्यास, साटासाट गर्ने, भेटघाट गर्ने गराउँने, जिल्ला र देशकाविभिन्न संघसंस्थाहरु सँग जनसम्पर्क गरी सहकार्य गर्ने गराउने अवसर जुटाउने बताए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ०८:५४

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक