आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस : ताप्लेजुङमा दिवस मनाइदै



ताप्लेजुङ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । यसपालि ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा हुँदैछ । ललितपुर र भक्तपुरमा पनि कार्यक्रम हुनेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । ९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार १९९० को भूकम्पमा परि आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।

त्यस्तै, २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परि आठ हजार छ सय ७० जनाको ज्यान जानुकासाथै सातलाख भन्दा धेरै आवासमा क्षति पुगेको थियो । वरिष्ठ भूकम्पविद् अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भएको छ ।

ताप्लेजुङमा भूकम्प सुरक्षा दिवस मनाइने

ताप्लेजुङमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै छ । बिहान साढे ७ बजे वीरेन्द्र चौकमा भेला भई भूकम्प सुरक्षा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी पछि भीमकाली गुल्मको प्राङ्गणमा भूकम्प सुरक्षा सम्बन्धी नमूना अभ्यास शिक्षण ९डेमोष्ट्रेशन० गरिने प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो ।

जिल्ला बिपद् व्यवस्थापन समितिको संयोजनमा हुने नमूना शिक्षणमा नेपाली सेनाको भीमकाली गुल्म, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका जनशक्तिमार्फत प्रर्दशनी गर्ने बताईएको छ ।

रेडक्रस सहितका सामाजिक संघसंस्थाहरु नमूना अभ्यास शिक्षणमा सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : 1:12 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा