मेरिङदेनमा अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न, पृथ्वी मा.वि. लाई २६ पदक



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पौष २६ गते देखि सुरु भएको उक्त  प्रतियोगिता आज सम्पन्न भएको हो ।

तीन दिन सञ्चालन भएको प्रतियोगितामा १६ स्वर्ण, ६ रजत तथा  ४ काश्य सहित कुल २६ पदक हात पार्दै श्री पृथ्वी मा.वि. खाम्लुङले रनिङ शिल्ड हात पार्न सफल भएको छ । त्यस्तै ५ स्वर्ण, २ रजत तथा ६ कास्य पदक सहित श्री पान्दोलुङ मा.वि. दोश्रो भएको छ ।

२ स्वर्ण, ९ रजत र ५ काश्य पदक सहित श्री सूर्यदेवी मा.वि. तृतीय भएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष युक हाँ विर हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन भएको समापन प्रतियोगितामा विशिष्ट अतिथिको रुपमा  सामाजिक विकास समिति संयोजक तेज कुमार चोङवाङ, मेरिङदेन गाउँपालिका ४ नं. वडाध्यक्ष वेद प्रसाद लिम्बू हाङगाम र निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरवर प्रसाद साहको उपस्थिति रहेको थियो । 

 विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिताले अहम् भूमिका निर्वाह गरेको पालिका अध्यक्ष हाङ्गामले बताउँनु भएको छ । साथै प्रतियोगिताबाट छनोट भई आठराई त्रिवेणीमा हुने ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय प्रतियोगितामा मेरिङदेन गाउँपालिकाको प्रतिनिधित्व गर्दे स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन स्वरुप ६ हजार रुपैयाँ प्रदान गरिने घोषणा समेत गर्नु भएको छ । 

साथै अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनु भन्दा दुई साता अघि खेलाडीहरूका लागि १५ दिने ट्रेनिङ सेन्टर सञ्चालन हुने  पनि बताउँनु भएको छ । 

कार्यक्रम  मेरिङदेन ३ नं. वडा अध्यक्ष गजिन्द्र कुमार नाल्बोको अध्यक्षता सम्पन्न भएको हो । 

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार १४:०२

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा