ताप्लेजुङमा सुन्तला उत्पादनमा वृद्धि



ताप्लेजुङ । ताप्लेजुङमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ हजार ५६ मेट्रिकटन सुन्तला उत्पादन भएको हो ।

आ.व. २०७८/७९ मा भने ३ हजार २० मेट्रिकटन उत्पादन भएको थियो । थापाका अनुसार आव २०७९/८० मा ताप्लेजुङमा ३ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति लगाइएको थियो ।

ताप्लेजुङ जिल्लामा ५ सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाउन सकिने खेतीयोग्य जमिन रहेको छ । आ.व. २०७८/२०७९ मा भने ३ सय ९० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेति गरिएको थियो । उत्पादकत्व र सुन्तला खेति गरिएको क्षेत्र समेतमा केहि बृद्धि भएका कारण सुन्तला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।

केन्द्रका अनुसार आ.व. २०७८/७९ मा उत्पादकत्व प्रति हेक्टर ७.७६ मेट्रिकटन रहेकोमा आ.व. २०७९/८० उत्पादकत्वमा बृद्धि भई प्रति हेक्टर ७.८० मेट्रिकटन पुगेको छ ।eujyalopost.com

प्रकाशित मिति : 1:59 pm

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

ताप्लेजुङ, कात्तिक १६ गते । सरकारले चालू वर्षको लागि निर्धारण

कञ्चनजङ्गा संरक्षण क्षेत्रको समस्या लिएर फक्ताङलुङका अध्यक्ष सिंहदरबारमा

ताप्लेजुङ, कात्तिक १६ गते ।  कञ्चनजङ्गा संरक्षण क्षेत्रको समस्या लिएर

चक्रवात ‘मोन्था’को प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ, कात्तिक १४ गते । बंगालको खाडीमा विकसित भएको चक्रवात

अलैँची टिप्नमा व्यस्त किसान (फोटोफिचर)

ताप्लेजुङ, कात्तिक १४ गते । अहिले किसानहरू अलैँची टिप्नमा व्यस्त