ताप्लेजुङमा सुन्तला उत्पादनमा वृद्धि



ताप्लेजुङ । ताप्लेजुङमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ हजार ५६ मेट्रिकटन सुन्तला उत्पादन भएको हो ।

आ.व. २०७८/७९ मा भने ३ हजार २० मेट्रिकटन उत्पादन भएको थियो । थापाका अनुसार आव २०७९/८० मा ताप्लेजुङमा ३ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति लगाइएको थियो ।

ताप्लेजुङ जिल्लामा ५ सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाउन सकिने खेतीयोग्य जमिन रहेको छ । आ.व. २०७८/२०७९ मा भने ३ सय ९० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेति गरिएको थियो । उत्पादकत्व र सुन्तला खेति गरिएको क्षेत्र समेतमा केहि बृद्धि भएका कारण सुन्तला उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।

केन्द्रका अनुसार आ.व. २०७८/७९ मा उत्पादकत्व प्रति हेक्टर ७.७६ मेट्रिकटन रहेकोमा आ.व. २०७९/८० उत्पादकत्वमा बृद्धि भई प्रति हेक्टर ७.८० मेट्रिकटन पुगेको छ ।eujyalopost.com

प्रकाशित मिति : 1:59 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा