पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि १७८ तोला कायम



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि एक सय ७८ तोला कायम भएको छ । पाथीभरामा सङ्कलित सुन शुद्धीकरण (रिफाइन) पछि उक्त परिमाणमा शुद्ध अर्थात् एक नम्बरी सुन कायम भएको हो ।

पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको सुन तथा सुनजन्य गरगहना पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गरेको छ । सङ्कलित सुनका गरगहनामध्ये पछिल्लो पटक शुद्धीकरण गरिएको ९१ तोला ८९ लाल र पहिले शुद्धीकरण गरिएको ८६ तोला ९३ लालसमेत कुल १७८ तोला ८२ लाल शुद्ध सुन कायम भएको पाथीभरा क्षेत्र विकास समितिले बिहीबार प्रेस नोट प्रकाशित गरी सार्वजनिक गरेको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी प्रेस नोटअनुसार पछिल्लो पटक सङ्कलन भएको ९८ तोला ४१ लाल सुनका गरगहना शुद्धीकरण गरिएको थियो । उक्त परिमाणको सुन शुद्धीकरणपछि ९१ तोला ८९ लाल कायम भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । यस्तै पाथीभरामा सङ्कलन भएको ९२ किलोग्राम ६५० ग्राम चाँदी पनि शुद्धीकरण ९रिफाइन० गरिएको छ । रिफाइनपछि ६१ किलोग्राम ८०० ग्राम शुद्ध चाँदी कायम भएको पनि समितिले जनाएको छ ।

यता सुन र चाँदी रिफाइन अर्थात् शुद्धीकरण गरिसकेपछि अब लिलाम बिक्रीको प्रक्रिया सुरु अघि बढाइने कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सुन र चाँदी लिलाम बिक्रीपछि प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने छ । गएको मङ्सिर दोस्रो साता सम्ममा सङ्कलन भएको सुन र चाँदी शुद्धीकरण गरिएको पनि समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरुको गरगहना तथा सामग्री चढाउँदै आएका छन् । सुन र चाँदी रिफाइनको काम भने पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङको प्राविधिक सहयोगमा गरिएको समितिले जानकारी दिएको छ । gorkhapatraonline

प्रकाशित मिति : 1:50 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय