पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि १७८ तोला कायम



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि एक सय ७८ तोला कायम भएको छ । पाथीभरामा सङ्कलित सुन शुद्धीकरण (रिफाइन) पछि उक्त परिमाणमा शुद्ध अर्थात् एक नम्बरी सुन कायम भएको हो ।

पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको सुन तथा सुनजन्य गरगहना पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गरेको छ । सङ्कलित सुनका गरगहनामध्ये पछिल्लो पटक शुद्धीकरण गरिएको ९१ तोला ८९ लाल र पहिले शुद्धीकरण गरिएको ८६ तोला ९३ लालसमेत कुल १७८ तोला ८२ लाल शुद्ध सुन कायम भएको पाथीभरा क्षेत्र विकास समितिले बिहीबार प्रेस नोट प्रकाशित गरी सार्वजनिक गरेको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी प्रेस नोटअनुसार पछिल्लो पटक सङ्कलन भएको ९८ तोला ४१ लाल सुनका गरगहना शुद्धीकरण गरिएको थियो । उक्त परिमाणको सुन शुद्धीकरणपछि ९१ तोला ८९ लाल कायम भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । यस्तै पाथीभरामा सङ्कलन भएको ९२ किलोग्राम ६५० ग्राम चाँदी पनि शुद्धीकरण ९रिफाइन० गरिएको छ । रिफाइनपछि ६१ किलोग्राम ८०० ग्राम शुद्ध चाँदी कायम भएको पनि समितिले जनाएको छ ।

यता सुन र चाँदी रिफाइन अर्थात् शुद्धीकरण गरिसकेपछि अब लिलाम बिक्रीको प्रक्रिया सुरु अघि बढाइने कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सुन र चाँदी लिलाम बिक्रीपछि प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने छ । गएको मङ्सिर दोस्रो साता सम्ममा सङ्कलन भएको सुन र चाँदी शुद्धीकरण गरिएको पनि समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरुको गरगहना तथा सामग्री चढाउँदै आएका छन् । सुन र चाँदी रिफाइनको काम भने पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङको प्राविधिक सहयोगमा गरिएको समितिले जानकारी दिएको छ । gorkhapatraonline

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १३:५०

नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक

काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

रेडियो काबेली । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको

एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी

रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई

माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि