मेरिङदेनमा आजबाट पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष युक हां विर हाङ्गाम डम्बरको प्रमूख आतिथ्यतामा आजबाट “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता सुरु भएको हो । 

पृथ्वी तथा लेस्नमाया स्मृति खेल मैदान, मेरिङदेन ३ खाम्लुङमा २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल (छात्र/छात्रा), दौड (छात्र/छात्रा), रिले (छात्र/छात्रा), हाइजम्प (छात्र/छात्रा), लङजम्प (छात्र/छात्रा), त्रिपलजम्प (छात्र/छात्रा), ज्याभलिङ थ्रो (छात्र/छात्रा), सटपुट (छात्र/छात्रा) खेलहरू समावेश गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ । 

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा निवर्तमान मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश ब. श्रेङ चङवाङ, अतिथिहरूमा नि प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वर प्रसाद साह, सामाजिक विकास संयोजक एवं मेरिङदेन गाउँपालिका ३ नं. वडाध्यक्ष तेज कुमार चङवाङ, ४ नं. वडाध्यक्ष बेद प्रसाद हाङ्गाम र शिक्षा अधिकृत हरि बहादुर कुवरको उपस्थिति रहेको थियो । 

जिल्ला खेलकुद विकास समितिले हरेक पालिकालाई  पुष मसान्त सम्म पालिका स्तरीय खेल सम्पन्न गर्न परिपत्र गरिसकेको छ । यसअघि नै जिल्लाको सिदिङबा गाउँपालिका, फुङलिङ नगरपालिकाले प्रतियोगिता सम्पन्न गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

पालिकाबाट छनोट भएका उत्कृष्ट विद्यार्थीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता गराइने भएको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि  सञ्चालन गरिरहेको छ ।   
जिल्ला स्तरीय खेल भने आठराई त्रिवेणी गाउँपालिकामा  सञ्चालन गर्ने तयारी भइरहको  गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले  बताउनु भएको छ ।

प्रकाशित मिति : 2:08 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी