मेरिङदेनमा आजबाट पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष युक हां विर हाङ्गाम डम्बरको प्रमूख आतिथ्यतामा आजबाट “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता सुरु भएको हो । 

पृथ्वी तथा लेस्नमाया स्मृति खेल मैदान, मेरिङदेन ३ खाम्लुङमा २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल (छात्र/छात्रा), दौड (छात्र/छात्रा), रिले (छात्र/छात्रा), हाइजम्प (छात्र/छात्रा), लङजम्प (छात्र/छात्रा), त्रिपलजम्प (छात्र/छात्रा), ज्याभलिङ थ्रो (छात्र/छात्रा), सटपुट (छात्र/छात्रा) खेलहरू समावेश गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ । 

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा निवर्तमान मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश ब. श्रेङ चङवाङ, अतिथिहरूमा नि प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वर प्रसाद साह, सामाजिक विकास संयोजक एवं मेरिङदेन गाउँपालिका ३ नं. वडाध्यक्ष तेज कुमार चङवाङ, ४ नं. वडाध्यक्ष बेद प्रसाद हाङ्गाम र शिक्षा अधिकृत हरि बहादुर कुवरको उपस्थिति रहेको थियो । 

जिल्ला खेलकुद विकास समितिले हरेक पालिकालाई  पुष मसान्त सम्म पालिका स्तरीय खेल सम्पन्न गर्न परिपत्र गरिसकेको छ । यसअघि नै जिल्लाको सिदिङबा गाउँपालिका, फुङलिङ नगरपालिकाले प्रतियोगिता सम्पन्न गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

पालिकाबाट छनोट भएका उत्कृष्ट विद्यार्थीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता गराइने भएको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि  सञ्चालन गरिरहेको छ ।   
जिल्ला स्तरीय खेल भने आठराई त्रिवेणी गाउँपालिकामा  सञ्चालन गर्ने तयारी भइरहको  गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले  बताउनु भएको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १४:०८

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय