ताप्लेजुङ विकास मञ्चद्धारा एकसय ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चले जिल्लाका ६ वटा बिद्यालयका १ सय ५० जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गरेको छ । ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाँईका अनुसार मंगलवार प्रतिनिधिसभाका सांसद एव्म पुर्व मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

अध्यक्ष सन्तोष प्रसाँईका अनुसार दौंतरी नेपालको आर्थिक सहयोगमा प्रति बिद्यार्थी लागत ५ हजार रुपैयाँ देखि ७ हजार रुपैयाँ सम्म रहेको छ । यसबर्ष तुलसी आधारभूत बिद्यालय खेजेनिम,महेन्द्र आधारभूत बिद्यालय खेवाङ,भगवती आधारभूत बिद्यालय आम्बेगुदिन,सिद्धेश्वरी मावि डुम्रिसे,सूर्यदेवी मावि सान्थाक्रा र भगवती आधारभूत बिद्यालय सिनामका बिद्यार्थीले उक्त सामाग्री पाएका हुन् । न्यानो कपडा(ट्रयाक सुट), जुत्ता,झोला, कापी, डटपेन, पेन्सिल र ज्यामिति बक्स रहेको शैक्षिक सामाग्री उक्त संस्थाले दिने गरेको छ ।


दौंतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितले दुर्गम जिल्लाका जेहेन्दार बिद्यार्थीको पढाईलाई नियमित गराउन शैक्षिक सामाग्रीको अभावमा बीचमै कक्षा छाड्ने दर घटाउन यस्तो प्रकृतिको सहयोग हुँदै आएको बताए । ताप्लेजुङ विकास मञ्चका अनुसार पढाईमा अब्बल तर बिपन्नताले पढाईलाई निरन्तरता दिन नसक्ने बिद्यार्थीहरुलाई पढाईलाई निरन्तरता दिन सक्ने बिश्वासका साथ बर्सेनि यस्तो सहयोग हुने गरेको छ ।


अघिल्लो बर्ष भने ताप्लेजुङ विकास मञ्चले जिल्लाका ४ बिद्यालयका बिद्यार्थीलाई उक्त प्रकृतिको सहयोग गरेकोमा यसबर्ष बिद्यालय थप गरी ६ वटा पु¥याएको छ । ताप्लेजुङ विकास मञ्चले २०७६ साल देखि उक्त सहयोग गर्दै आएको जनाएको छ ।
सहयोगी संस्था दौंतरी नेपालसंग सहकार्य गरी सहयोगको क्षेत्र,बिद्यालय र बिद्यार्थी संख्या समेत क्रमशःबढाउँदै लैजाने तयारी गरिरहेको समेत ताप्लेजुङ विकास मञ्चका अध्यक्ष प्रसाँईले बताए ।

प्रकाशित मिति : 2:37 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी