ताप्लेजुङ विकास मञ्चद्धारा एकसय ५० बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चले जिल्लाका ६ वटा बिद्यालयका १ सय ५० जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री वितरण गरेको छ । ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाँईका अनुसार मंगलवार प्रतिनिधिसभाका सांसद एव्म पुर्व मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण कार्यक्रमको शुभारम्भ गरिएको हो ।

अध्यक्ष सन्तोष प्रसाँईका अनुसार दौंतरी नेपालको आर्थिक सहयोगमा प्रति बिद्यार्थी लागत ५ हजार रुपैयाँ देखि ७ हजार रुपैयाँ सम्म रहेको छ । यसबर्ष तुलसी आधारभूत बिद्यालय खेजेनिम,महेन्द्र आधारभूत बिद्यालय खेवाङ,भगवती आधारभूत बिद्यालय आम्बेगुदिन,सिद्धेश्वरी मावि डुम्रिसे,सूर्यदेवी मावि सान्थाक्रा र भगवती आधारभूत बिद्यालय सिनामका बिद्यार्थीले उक्त सामाग्री पाएका हुन् । न्यानो कपडा(ट्रयाक सुट), जुत्ता,झोला, कापी, डटपेन, पेन्सिल र ज्यामिति बक्स रहेको शैक्षिक सामाग्री उक्त संस्थाले दिने गरेको छ ।


दौंतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितले दुर्गम जिल्लाका जेहेन्दार बिद्यार्थीको पढाईलाई नियमित गराउन शैक्षिक सामाग्रीको अभावमा बीचमै कक्षा छाड्ने दर घटाउन यस्तो प्रकृतिको सहयोग हुँदै आएको बताए । ताप्लेजुङ विकास मञ्चका अनुसार पढाईमा अब्बल तर बिपन्नताले पढाईलाई निरन्तरता दिन नसक्ने बिद्यार्थीहरुलाई पढाईलाई निरन्तरता दिन सक्ने बिश्वासका साथ बर्सेनि यस्तो सहयोग हुने गरेको छ ।


अघिल्लो बर्ष भने ताप्लेजुङ विकास मञ्चले जिल्लाका ४ बिद्यालयका बिद्यार्थीलाई उक्त प्रकृतिको सहयोग गरेकोमा यसबर्ष बिद्यालय थप गरी ६ वटा पु¥याएको छ । ताप्लेजुङ विकास मञ्चले २०७६ साल देखि उक्त सहयोग गर्दै आएको जनाएको छ ।
सहयोगी संस्था दौंतरी नेपालसंग सहकार्य गरी सहयोगको क्षेत्र,बिद्यालय र बिद्यार्थी संख्या समेत क्रमशःबढाउँदै लैजाने तयारी गरिरहेको समेत ताप्लेजुङ विकास मञ्चका अध्यक्ष प्रसाँईले बताए ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १४:३७

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ