मैवाखोलाको पार्टीडाँडा माध्यमिक बिद्यालयको कम्प्युटर ल्याव कक्षमा चोरी



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक बिद्यालयको कम्प्युटर ल्याव कक्षमा चोरी भएको छ ।


बिद्यालयका शिक्षक शान्ता आङवुहाङका अनुसार गएराति कम्प्युटर ल्याव कक्ष फोडेर कम्प्युटर ल्याबबाट १२ वटा ल्यापटप, ४ वटा डेस्कटप सहितका उपकरण चोरी भएको हो ।

शिक्षक आङवुहाङका अनुसार झण्डै साढे ११ लाख बढीको सामाग्री एकसाथ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतीको पुरा विवरण भने आईनसकेको विद्यालयले जनाएको छ ।


ह्युमन प्राक्टिस फाउण्डेसनको सहयोगमा सो बिद्यालयमा ल्याव कक्ष स्थापना भएको थियो । चोरी भएपछि आईटी ल्याव कक्ष रित्तो भएको बिद्यालयले जनाएको छ ।

प्रकाशित मिति : 2:06 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको