जवानीमा गरेको अपराधको सजाय बुढेसकालमा भोग्दै



मोरङ मिक्लाजुङका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरे । मिक्लाजुङ गाउँपालिका–१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवीप्रसाद राईले कर्तव्य ज्यान मुद्दामा जवानीमा गरेको अपराधको सजाय १६ वर्षपछि आएर बुढेसकालमा कैद भुक्तान गरे ।

प्रहरीको अनुसार उनीहरूले २०६४ जेठ २० गते राति मोरङ रमितेखोला–४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं. १ बस्ने जाहेरवाला सुकजित राईको दाजु वर्ष ३५ का सन्तोष राईलाई प्रतिवादीहरू धनकुमार राई समेतले कुटपिट गरी हत्या गरेको आरोप छ । हत्या गरेपछि उनीहरुले जङ्गलमा लगी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धान पछि २०६७ सालमा मोरङ अदालतको फैसलाले धनकुमार र देवीप्रसादलाई पाँच वर्ष कैद सजाय ठहर गरेको थियो । उनीहरुले अपराध गर्दा धनकुमारको उमेर ३४ वर्ष थियो भने देवीप्रसादको ५४ वर्ष उमेर रहेको थियो । उनीहरुले अपराध गरेको १६ वर्षपछि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि मोरङ अदालत बुझाएर कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

यसअघि पनि प्रहरीले खुन डाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका ७ का ८७ वर्षीय विश्वास चौधरी थारु ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ परेको थियो । ०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो । सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेको थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

उल्लेखित घटनाले ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउँछन् भन्ने देखाएको प्रहरी अधिकारीहरू दाबी गर्छन् ।

प्रकाशित मिति : 6:02 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा